Rule 22
दाबी विरोधको सम्बन्धमा निर्णय गर्नु पर्ने
(१) नियम २१ बमोजिमको दरखास्त प्राप्त भएमा सहायक नाम दर्ता अधिकारी वा प्रमुख नाम दर्ता अधिकारीले कार्यक्रममा उल्लेख भए बमोजिम त्यस्तो दरखास्तको संक्षिप्त विवरण तयार गरी सम्बन्धित मतदाता वा निजको परिवारको सदस्यलाई आफ्नो भनाई पेश गर्नको लागि कार्यक्रममा उल्लिखित समयावधि भित्र सम्बद्ध प्रमाण सहित उपस्थित हुने सूचना आफ्नो कार्यालयमा अनुसूची–११ बमोजिमको ढाँचामा प्रकाशन गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिमको समयावधि भित्र त्यस्तो मतदाता वा सदस्य उपस्थित हुन आएमा सहायक नाम दर्ता अधिकारी वा प्रमुख नाम दर्ता अधिकारीले आवश्यक ठानेमा निजसँग सोधपुछ गर्न वा थप प्रमाण माग गर्न सक्नेछ ।
(३) सहायक नाम दर्ता अधिकारी वा प्रमुख नाम दर्ता अधिकारीले मतदाता वा निजको परिवारको सदस्यले उपनियम (१) बमोजिम प्रमाण पेश गरेकोमा त्यस्तो प्रमाण र त्यस्तो मतदाता वा निजको परिवारको सदस्य उपस्थित नभएमा वा माग भएको प्रमाण पेश नगरेमा दरखास्त साथ पेश भएको प्रमाणको मूल्याङ्कन गर्नेछ र त्यसरी मूल्याङ्कन गर्दा त्यस्तो मतदाताको नाम मतदाता नामावलीबाट हटाउनु पर्ने देखिएमा हटाई सोको सूचना सम्बन्धित सबैको जानकारीको लागि आफ्नो कार्यालयमा
अनुसूची– १० बमोजिमको ढाँचामा प्रकाशन गरी अनुसूची– ४ बमोजिमको ढाँचामा मुचुल्का समेत गर्नु पर्नेछ ।
(४) उपनियम (३) बमोजिम नाम हटेको विवरण प्रमुख नाम दर्ता अधिकारीले सहायक नाम
दर्ता अधिकारीलाई कार्यक्रममा उल्लेख भए बमोजिम उपलब्ध गराउनु पर्नेछ ।